गृहपृष्ठ अर्थ/वाणिज्य महाराजगंज नगरपालिकाले कपिलवस्तु अस्पताललाई दियो रु. ५ लाख

महाराजगंज नगरपालिकाले कपिलवस्तु अस्पताललाई दियो रु. ५ लाख

कपिलवस्तु : पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि अस्पतालमा उपचारको समस्या आएको बिषयमा अवगत गराए पछि महराजगंज नगरपालिकाले अस्पताललाई सो सहयोग गरेका हो । महराजगंजमा मेयर अब्दुल कलाम खाले सो रकमको चेक नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यलाई हस्तान्तरण गरेका थिए । कोरोना संक्रमितको सख्या बढेको बिषयमा पत्रकार महासंघ र संचारकर्मीले ध्यानाकर्षण गराए पछि नगरपालिकाले अस्पताललाई सो सहयोग गरेको उनले बताए ।

जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उनले बताए । कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको प्रमुख प्रशाकीय अधिकृत बेद प्रसाद खरेलले बताए । ६ महिना अ िकपिलवस्तु अस्पतालले पिसिआर प्रयोगशाला निर्माण गनेृक्रममा नगरपालिकाले ६ लाख दिने घोषणा समेत गरेको थियो ।

कोभिड अक्रान्त भएको समयमा महाराजगन्जले रु ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले बताए । उक्त चेक अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लालाई बुझाएको अध्यक्ष बज्राचार्यले बताए ।

सम्बन्धित् समाचार