गृहपृष्ठ अर्थ/वाणिज्य पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ। पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन्। संक्रमितमध्ये केहि निको भएको र अधिकांश कोरोनासँग जुधिरहेको विज्ञप्तिमा उल्लेख छ।

‘जटिल र कठिन स्वास्थ्य संकटको अवस्थामा पनि जनतालाई सुसूचित गराउन रुपन्देहीका पत्रकारहरूले खेलेको भूूमिकाको महासंघ उच्च प्रशंसा गर्दछ। साथै, यो कठिन र महामारीका बेला अग्रभागमा रहेर निरन्तर सूूचना प्रवाह गर्ने पत्रकार र सञ्चारगृहलाई प्रोत्साहन एंव आत्मबल बढाउने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकर्षण गराउदछौँ।

यस्तो जटिल घडीमा आमनागरिक सुुसूचित गर्न अहोरात्र खट्ने पत्रकारलाई कोरोना संक्रमण हुँदा देखिने जटिल स्वास्थ्य समस्यामा सहज रुपमा बेडको व्यवस्थापन मिलाउन तीन तहका सरकार तथा स्वास्थ्य संस्थाहरूलाई अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

महासंघले ‘पहिला आफूू सुरक्षित हौऔं, त्यसपछि मात्रै सञ्चारकर्मीको भूूमिका निर्वाह गरौँ’ भन्दै पत्रकारहरुलाई अपिल समेत गरेको छ।

पत्रकारको जीवन नै असुरक्षामा रहने गरी रिर्पोटिङ गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न र सकेसम्म इन्टरनेट, फोन तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरी घरबाटै काम गर्ने वातावरण मिलाइ दिन समेत सम्पूर्ण सञ्चार गृहलाई आग्रह गरेको छ। महासंघ रुपन्देहीले कोरोनाको बाहनामा खाइपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चारगृहलाई अनुरोध गरेको छ।

‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

यसैगरि, महासंघ रुपन्देहीको सोमवार बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीले विस्तारै स्वास्थ्य समस्यासँगै पेशागत असुरक्षा समेत बढाउन सक्ने भएकाले ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गर्ने निर्णय गरेको छ। यो कोषमा तीन सरकार, विभिन्न सामाजिक संघसंस्था, व्यक्ति तथा पत्रकारिता क्षेत्रलाई माया गर्ने शुभेच्छुकहरूलाई आर्थिक तथा स्वास्थ्य सुरक्षा एंव पत्रकारका लागि आवश्यक सामग्री समेत स्वतस् स्फूर्त रुपमा सहयोग गर्न अपिल गरेको छ।

सम्बन्धित् समाचार