गृहपृष्ठ खबर महन्त ठाकुरले भने- ओली सरकारलाई सहयोग गर्नु अहिलेको आवश्यकता

महन्त ठाकुरले भने- ओली सरकारलाई सहयोग गर्नु अहिलेको आवश्यकता

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले ओली सरकारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । सोमबार बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका १५ जनाले सरकारको पक्षमा विश्वासको मत नदिएपछि मध्यराति विज्ञप्ति जारी गरेर उनले जसपा सत्ता प्राप्तिको लागि भन्दा पनि एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तो अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुनेजस्ता कार्य जसपा नेपालको उद्देश्यविपरीत रहेको भन्दै उनले उपेन्द्र यादव र बाबुराम भट्टराईहरूको कदम मधेस आन्दोलनको मर्म र भावनाविपरीत बताए ।

यस्ता कार्यले अस्थिरता हुने र एजेन्डाको सम्बोधन अनिश्चिततातर्फ धकेलिने उल्लेख गरेका छन् । उनले जसपा नेपाल मधेसी, आदिवासी,जनजाति, थारू, दलित, महिला, मुस्लिमलगायतका सीमान्तकृत समुदायको मुद्दामा संघर्षरत रहने बताए ।

सम्बन्धित् समाचार