नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनगर गर्दै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले पत्रकार तथा आम नागरिकलाई सर्वशुलभ रूपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो ।
सेवाभावले खरिद गर्न लागिएको एम्बुलेसन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीना शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको सचिव कमल डाँगीले बताए ।