गृहपृष्ठ खबर एमाले ओली–नेपाल समूहको वार्ता सुरु

एमाले ओली–नेपाल समूहको वार्ता सुरु

काठमाडौं : नेकपा (एमाले) विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता छलफलमा बसेका छन् ।

प्रधानमन्त्री ओलीकै उपस्थितिमा सिंहदरबारमा केहीबेरअघि छलफल सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा जारी वार्तामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपालसँगै ओली पक्षीय नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन् ।

त्यस्तै अर्को पक्षका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् । बिहीबार बूढानीलकण्ठमा ओली र नेपालबीच भएको वार्तामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको थियो । बिहीबारको छलफलमा २०७५ जेठ २ गतेमा पार्टीलाई फर्काउन र फागुन २८ गतेको निर्णय फिर्ता लिने विषयमा ओलीले सहमति जनाएको नेता नेपालले बताएका छन् ।

सोही विषयको कार्यान्वयनका लागि कार्यदल बनाउने कार्यदिशासहित नेताहरु छलफलमा जुटेका हुन् ।

सम्बन्धित् समाचार