कपिलवस्तु ३१ बैशाख
कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्यामा आए पछि बिभिन्न दाताहरुबाट कपिलस्तु अस्पताललाई सहयोग उठनेक्रम जारी छ । यसैक्रममा पत्रकार महासंघको पहलमा बुद्धभुमी नगरपालिका र सनसाईन समाजिक विकास संस्थाले अस्पतालाई आर्थिक सहयोग गरेका छन । बुद्धभुमी नगरपालिकाले ३ लाख र सनसाईन समाजिक विकास केन्द्रले १ लाख ११ हजारको चेक कपिलवस्तु अस्पतालाई उपलब्ध गराएको छ । बुद्धभुमीको चेक महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले लिएर अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लालाई बुझाएका छन ।
सनसाईको चेक संस्थाका अध्यक्ष रामसेवक यादवले अस्पतालका डाक्टर गणेश क्षेत्रीलाई बुझाएका छन कुमार श्रेष्ठले संकटमा परेको अस्पतालले ब्यवस्थापन, उपचार र सामाग्री खरिदमा सहयोगी हुने बताए । उनले आवश्यक परको खण्डमा अस्पताललाई थप सहयागे गर्ने बताएका छन । अस्पताललाई अहिले सम्म महाराजगंज नगरपालिका बिजयनगर गाउपालिकार तिलौराकोट साझेदारीले पाच पाच लाख, यशोधराले ३ र मायोदेबीले २ लाख सहयोग गरेका छन ।










