गृहपृष्ठ flash २० जिल्लामा निषेधाज्ञालाई कडा पार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२० जिल्लामा निषेधाज्ञालाई कडा पार्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केही हप्ता कोरोना भाइरस संक्रमणको चुनौती रहेको भन्दै २० जिल्लामा निषेधाज्ञामा कडाइ गर्न भनेको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर निषेधाज्ञा लागू भएका जिल्लामा पनि मानिसहरूको आवजावन निरन्तर भइरहेको भन्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूकिका निभाउन सम्बन्धिन निकायहरूलाई आग्रह गरेका छन् ।

मन्त्रालयले काठमाडौं, रूपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवलानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पालगायतका जिल्लाहरूमा संक्रमण उच्च रहेको र संक्रमितहरू सार्वजनिक स्थानहरूमा खुल्ला रूपमा हिँडिरहेको भेटिएकोले यी जिल्ला निषेधाज्ञामा कडाइ गर्न भनेको हो ।

सम्बन्धित् समाचार