गृहपृष्ठ खबर निर्वाचन आचारसंहिता विपरीत प्रचार गरेको भन्दै कांग्रेसको आपत्ति

निर्वाचन आचारसंहिता विपरीत प्रचार गरेको भन्दै कांग्रेसको आपत्ति

प्रकाशित मिति:

काठमाण्डौ : प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै आपत्तिजनक भएको जनाएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरीत पार्टीका उम्मेदवार रामबहादुर थापाको पक्षमा प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्नु संविधान, कानुन र विधिको शासनको बर्खिलापमा भएको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो ।

बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।

तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो । ओलीले अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारको रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताउनुभएको हो ।

सम्बन्धित् समाचार