राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र संविधानको ७६ को ५ अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसले यसलाई आपत्तिजनक र असंवैधानिक भनेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीना नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु असंवैधानकि हुने बताए ।








