बुटवल,जेठ ७-
बुटवलमा उपचाररत ४ जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या ३८२ पुगेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा नवलपरासीका २ जना ,रुपन्देही र गुल्मीका १-१ जना रहेको अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले बताए ।
३ जना प्रादेशिक अस्पतालको इमर्जेन्सी र १ जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
जेठ ५ गते भर्ना भएका सैनामैना रुपन्देहीका ७७ वर्षिय पुरुष,५ गते नै भर्ना भएकी चन्द्रकोट गुल्मीकी ५० वर्षिया महिला र बिहिबार भर्ना भएका बर्दघाट नवलपरासी पश्चिमका ६२ वर्षिय पुरुष र बैशाख २९ गते कोरोना विशेष अस्पताल भर्ना भएका बर्दघाटकै ३९ वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हाे








