गृहपृष्ठ अर्थ/वाणिज्य कोरोनाबाट ज्यान गुमाएका परिवारलाई बुद्धभूमिले २० हजार उपलब्ध गराउने

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई बुद्धभूमिले २० हजार उपलब्ध गराउने

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका परिवारलाई २० हजार आर्थिक सहयोग उपलबध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकबाट उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृतकको संख्या हरेक दिन बढिरहेको छ ।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्दै आएको बुद्धभूमि नगरपालिकाले विपन्न, गरिब तथा असहाय घरपरिवारका लागि २० हजार काजकिरिया खर्च दिने नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । विपन्न घरपरिवारका कुनै संक्रमितको निधन भयो भने आर्थिक अभाव हुने भएकाले नगरबाट उक्त घरपरिवारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

२० हजार रुपैयाँ पाउनका लागि वडाबाट सिफारिस आउनुपर्ने हुन्छ । वडाले कोरोनाबाट निधन भएका घरपरिवारको आर्थिक स्थिति हेरेर नगरमा सिफारिस गरेपछि रकम पाउने उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार