गृहपृष्ठ कृषि नारायणी नदीमा माछा मार्ने २४ जना पक्राउ

नारायणी नदीमा माछा मार्ने २४ जना पक्राउ

प्रकाशित मिति:

चितवन : नारायणी नदीमा तियारी जालको प्रयोग गर्दै माछा मार्ने २४ जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

प्रतिबन्धित तियारी जालको प्रयोग गरी गैरकानुनी तवरबाट रातको समयमा माछा मार्दै गरेको अवस्थामा भरतपुर महानगरपालिका भगेडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

साथै माछा ओसार्न प्रयोग भएको बोलेरो जीप र २ वटा स्कुटर पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरुको साथबाट २ क्विन्टल माछा र ४४ थान तियारी जाल समेत बरामद भएको छ ।

सम्बन्धित् समाचार