गृहपृष्ठ Featured रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला

रुपन्देहीको सैनामैनामा एक युवाको शव फेला

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका -९ मा आज  विहान एक पुरुषको शव फेला परेको छ । सैनामैना–९ अन्तरगत पर्ने बनराह खोलामा पानीमा डुबेको अवस्थामा शव फेला देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए ।

परेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालका अनुसार अन्दाजी २५/३० वर्षका ती युवा मँगोलिएन समुदायको हुन सक्ने बताए । गहुँगोरो वर्णका ती व्यक्तिले माथि फिक्का हरियो रङ्गको टिसर्ट र तल कालो रङ्गको ट्याक सुट लगाएका छन् भने खुट्टा खाली रहेको छ । पानीमा घोप्टो अवस्थामा भएका उनको शरिरमा कुनै घाउ–चोट नभेएिको तथा घटनाको प्रकृति हेर्दा २/४ दिन अघिकै हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक जिजालले ग्लोबल आवाजलाई जानकारी दिए ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक बारे हालसम्म थप कुनै पनि जानकारी तथा शवको सनाखत भएको छैन ।

सम्बन्धित् समाचार