वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा अक्सीजनको अभाव नभएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताएका छन ।
बाणगंगाको आइसोेलेसनमा अहिले करिव २० वटा अक्सीजन सहितको सिलिण्डर रहेको बताउदै थारुले नगरपालिका भित्रका अक्सीजनको अभाव हुन नदीन नगरपालिकाले रणनिति तयार पारी सकेको बताए ।
साथै मेयर थारुले नगरपालिका भित्रका अन्य बिरामीका लागी ४ वटा र संक्रमितको तत्काल उपचारका लागी निशुल्क २ वटा एम्बुलेन्सको समेत ब्यवस्था गरिइएको मेयर थारुले वैखरी अनलाइनलाई बताए ।