मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा बंगालको खाडीमा रहेको यास (YAAS) चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका अधिकांश भू-भागमा बदली रहेको महाशाखाले जनाएको छ ।
आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना छ ।
भोलि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात को सम्भावना छ ।
त्यस्तै बिहीबार देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।