गृहपृष्ठ Featured बोधी ईनीस्टीच्युट्ले दियो कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सनट्रेटर मेसीन

बोधी ईनीस्टीच्युट्ले दियो कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सनट्रेटर मेसीन

कपिलवस्तु १२ जेठ
कोरोना संक्रमित संख्या बढेसंगै अक्सिजनको अभाव भए पछि लुम्बिनी स्थित बोधी ईनीस्टीच्युटले कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सनट्रेटर मेशीन प्रदान गरेको छ । १० केजीका ४ र ५ केजीका ७ वटा कन्सनट्रेटर दिइएको हो । एक साता अघि नै २ वटा दिइएकोमा बुधवार थप नौ वटा कनसनट्रेटर मेशीन प्रदान गरिएको हो । ईनीस्च्युटका प्रमुख तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी सदस्य सचिव सानुराजा शाक्य लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय, अस्पतालक मेसु किशोर बन्जाडेलाई सो मेशीन हस्तान्तरण गरेका थिए । सो संस्थाले यस अघि अक्सिजन ढुवानीकालागि ८६ हजार नगद, भेन्टीलेटर मास्क १० सेट, पिपिई सेट सय वटा, भिटिएम किट सेनिटाईजर प्रदान गरी सकेको छ । यस्तै दुई साता अघि देखि अस्पतालमा रहेको स्वास्थ्यकर्मीलाई खाजाको प्रबन्ध समेत गर्दै आएको छ ।

नेपाल र सशस्त्र प्रहरीलाई मास्क र सेनीटाईजर समेत उपलब्ध गराएको छ । लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्राध्यापक गुनाखर गैरेको पहलमा सो सामागूी उपलबध गराइएको हो । अस्पतालमा अक्सिजनको अभाव भईरहेका बेला बोधी ईनस्टीच्युटले सो सामाग्री उपलबध गराएको बताए । सो अवसरमा उपाध्यक्ष त्रिपाठीले यो मेशीन अस्पताललाई आवश्यक पर्दा सम्मकालागि दिइएको बताए । अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भए पछि यो मेशीन कपिलवस्तमा रहेको अरु अस्पताललाई हस्तान्तरण गरिने बताए । अस्पतालकै आफनो ८ वटा कनसनट्रेटर मेशीन र १३२ वटा अक्सिजन सिलिन्डर रहेका छन ।

 

सम्बन्धित् समाचार