कपिलवस्तु १२ जेठ
कोरोना संक्रमित संख्या बढेसंगै अक्सिजनको अभाव भए पछि लुम्बिनी स्थित बोधी ईनीस्टीच्युटले कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सनट्रेटर मेशीन प्रदान गरेको छ । १० केजीका ४ र ५ केजीका ७ वटा कन्सनट्रेटर दिइएको हो । एक साता अघि नै २ वटा दिइएकोमा बुधवार थप नौ वटा कनसनट्रेटर मेशीन प्रदान गरिएको हो । ईनीस्च्युटका प्रमुख तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी सदस्य सचिव सानुराजा शाक्य लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय, अस्पतालक मेसु किशोर बन्जाडेलाई सो मेशीन हस्तान्तरण गरेका थिए । सो संस्थाले यस अघि अक्सिजन ढुवानीकालागि ८६ हजार नगद, भेन्टीलेटर मास्क १० सेट, पिपिई सेट सय वटा, भिटिएम किट सेनिटाईजर प्रदान गरी सकेको छ । यस्तै दुई साता अघि देखि अस्पतालमा रहेको स्वास्थ्यकर्मीलाई खाजाको प्रबन्ध समेत गर्दै आएको छ ।
नेपाल र सशस्त्र प्रहरीलाई मास्क र सेनीटाईजर समेत उपलब्ध गराएको छ । लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्राध्यापक गुनाखर गैरेको पहलमा सो सामागूी उपलबध गराइएको हो । अस्पतालमा अक्सिजनको अभाव भईरहेका बेला बोधी ईनस्टीच्युटले सो सामाग्री उपलबध गराएको बताए । सो अवसरमा उपाध्यक्ष त्रिपाठीले यो मेशीन अस्पताललाई आवश्यक पर्दा सम्मकालागि दिइएको बताए । अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भए पछि यो मेशीन कपिलवस्तमा रहेको अरु अस्पताललाई हस्तान्तरण गरिने बताए । अस्पतालकै आफनो ८ वटा कनसनट्रेटर मेशीन र १३२ वटा अक्सिजन सिलिन्डर रहेका छन ।