गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न, के के भए निर्णय ?

बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न, के के भए निर्णय ?

प्रकाशित मिति:

वैखरी अनलाइन
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक बर्ष ७८÷७९ का लागी बजेट सिमा निर्धारण गरेको छ । त्यस्तै वडागत बजेट सिलिङ पनि वडालाई दिएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले बताए । बजेट सिलिङ निर्धारण गर्दा ४ आधारमा तय गरिइएको छ । जसमा वडाको भौगोलिक बिकटता, क्षेत्रफल, जनसख्या र राजश्वमा पु¥याएको योगदानका आधारमा बजेट तय हुने र ९६ लाख देखि १ करोड ३८ लाख सम्मको बजेट वडाले पाउने पौडेलले जानकारी दिए । जसमा सबैभन्दा बढि बजेट वडा नः १० ले पाउने उनले बताए ।

साथै बैठकले बजेट तथा कार्यक्रमको तयारीका लागी कार्यतालिका पनि बनाएको छ । वडा तहका योजना जेठ २५ सम्म नगरपालिकामा लैजाने समय तोकीएको छ भने बजेट सम्बन्धी १३ बुदे मार्गदर्शन पारित पनि बैठकले गरेको प्रवक्ता पौडेलले बताए । साथै बैठकले पिपरा अस्पतालको पुर्वाधार निमार्णमा प्रदेश र केन्द्रीय सरकारसगं सहयोग माग्ने निर्णय भएको छ ।

सम्बन्धित् समाचार