गृहपृष्ठ अर्थ/वाणिज्य ७० वर्ष पहिले सुवर्णले ल्याएको ५ करोड २५ लाख रुपैयाँको त्यो बजेट (पूर्ण पाठ)

७० वर्ष पहिले सुवर्णले ल्याएको ५ करोड २५ लाख रुपैयाँको त्यो बजेट (पूर्ण पाठ)

नेपालमा औपचारिक रूपमा बजेट ल्याउन सुरु भएको ७० वर्ष पुगेको छ । मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको बजेट नै नेपालको पहिलो औपचारिक बजेट हो । उनले संसद्समक्ष पाँच करोड २५ लाख २९ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १०४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनतालाई यो सरकारले विकासका योजना पस्किएको थियो ।

मुलुककै पहिलो बजेटमा राजस्वको लक्ष्य ३ करोड ६ लाख १९ हजार रूपैयाँ राखिएको थियो ।

सडक सञ्जालको विस्तार, हवाइ अड्डा, कृषकलाई सहयतालगायत कार्यक्रम राखिएको थियो । पाँच करोडको बजेटमा कृषि योजनाका लागि २ लाख रूपैयाँ विनियोजन गरिएको थियो ।

जनतालाई शिक्षित बनाउन र सहज रूपमा पठन पाठन गराउने अभियान सरकारले यो बजेटमार्फत अघि बढाएको थियो । शिक्षाका लागि ५ लाख ३६ हजार बजेट छुट्टयाइएको थियो। साना उद्योगलाई प्रवर्धन गर्न सरकारले कदम चालेको थियो । घरेलु इलमको नाममा २ लाख रूपैयाँ विनियोजन गरिएको थियो ।

स्वास्थ्य सेवा विस्तारलाई प्राथमकिता दिँदै ३ लाख रूपैयाँ विनियोजन गरिएको थियो । ‘देशमा स्थिरता कायम भएकाले उन्नति र समृद्धिको मार्गमा प्रतिदिन लम्किँदै जानेछौँ भन्ने कुरामा मलाई रत्तिभर शंका छैन,’ २००८ सालको बजेटमा भनिएको थियो जुन कुरा अहिलेको  सरकाको नीति तथा कार्यक्रममा पनि भनिएको छ ।

सुवर्णको बजेट

सम्बन्धित् समाचार