गृहपृष्ठ Featured लुम्बिनीमा ‘प्रदेश प्रमुखलाई बोरामा लगेर’ मुख्यमन्त्री पोखरेललाई शपथ गराइयो भनेपछि…

लुम्बिनीमा ‘प्रदेश प्रमुखलाई बोरामा लगेर’ मुख्यमन्त्री पोखरेललाई शपथ गराइयो भनेपछि…

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनमा मुख्यमन्त्री शंखर पोखरेलको शपथको विषयमा विपक्षी र सत्तापक्षबीच सवाल जवाफ भएको छ ।

बैठकमा आफ्ना कुराहरू राख्न रोष्टममा आएका माओवादी केन्द्रका नेता एवं पूर्वसामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश प्रमुख धर्मनाथ यादवलाई बोरामा राखी मुख्यमन्त्री क्वाटरमा पुर्‍याएर रातरात शपथ गराएको भन्दै विरोध जनाए ।

उनले मुख्यमन्त्रीको शपथ ग्रहण हुँदा प्रतिपक्ष दलका नेता, वरिष्ठ व्यक्तिहरूको उपस्थितिमा शपथ हुने भए पनि प्रदेश प्रमुखलाई बोरामा राखेर मुख्यमन्त्री कार्यालयमै रातविरात शपथ गराएको बताए ।

उनले भने, ‘१९ वैशाख साँझ त्यो बेला ४२ जना हस्ताक्षरसहितको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा हुनुहुन्छ भनेर प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश प्रमुख, प्रदेश प्रमुख कार्यालयका सचिवलाई मैले जानाकारी गराएको थिएँ । त्यो बेलासम्म सबैले शपथ ग्रहण छैन भनेर मलाई भनियो । तर, पछि प्रहरी दौडिएका थिए । म त्यहीँ थिएँ, के रहेछ भनेको त प्रदेश प्रमुखलाई बोरामा राखेर शपथ ग्रहण गराउन मुख्यमन्त्री क्वाटरमा लगिएको रहेछ ।’

पूर्वमन्त्रीले बोरामा प्रदेश प्रमुखलाई राखेको विषय उठाएपछि सत्तारुढ दल नेकपाको तर्फबाट बोल्न रोष्टममा उभिएका एमाले नेता एवं पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरिले आपत्ति जनाए ।

‘स्पष्ट बहुमत थियो । बहुमतका आधारमा संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार गठनको बाध्यात्मक अवस्था आयो । प्रदेश प्रमुखले निर्णय गर्नुभयो । त्यो बेलासम्म केही चलखेल भएको थिएन,’ उनले भने ।

संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण हुने बताउँदै उनले प्रदेश प्रमुख कार्यालय घेरा हालेर छापामार शैलीमा प्रहरी प्रशासनलाई प्रभावमा पारेर शपथ खुवाएको दृश्य त्यहाँ नदेखिएको बताए । उनले आफूहरू विधिअनुसार चल्ने बताउँदै प्रदेशसभा सचिवालयबाट भेदभाव पूर्ण व्यवहार भएकोप्रति गुनासोसमेत गरे ।

‘कुनै पनि व्यक्तिलाई पार्टी छाड्न सक्ने अधिकार छ । पार्टी छाडेर जाँदा सांसद पद के हुने विधिले किटान गर्छ । तर, छापामार शैलीमा प्रदेशसभा सचिवालयबाट भेदभाव पूर्ण व्यवहार र अन्त्यन्त छिनाझतीका साथ यो बीचमा जसरी खेल देखिए त्यो राम्रो संकेत होइन ।

थिएन,’ उनले भने ।

सम्बन्धित् समाचार