गृहपृष्ठ खबर एकै दिन भारतमा २ लाख ७ हजार संक्रमण मुक्त, १ लाख ३२ हजार संक्रमित थपिए

एकै दिन भारतमा २ लाख ७ हजार संक्रमण मुक्त, १ लाख ३२ हजार संक्रमित थपिए

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार ७१ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ३५ हजार ९९३ पुगेको छ।

यस्तै, १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। भारतमा हालसम्म २ करोड ८५ लाख ७४ हजार ३५० जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो केही सातादेखि संक्रमितको संख्या घट्दै गएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण एकैदिन थप २ हजार ७१३ जनाको मृत्यु हुँदा देशभर कूल मृतकको संख्या ३ लाख ४० हजार ७०२ पुगेको छ।

सम्बन्धित् समाचार