गृहपृष्ठ खबर विश्वकप छनोटमा ब्राजिलको लगातार पाँचौ जित

विश्वकप छनोटमा ब्राजिलको लगातार पाँचौ जित

काठमाडौं : फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पारेको छ । ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलले पराजित गरेको हो ।

दुवै गोल दोस्रो हाफमा भएको खेलमा नेपालले एक गोल गर्नुका साथै असिस्ट समेत गरे । अर्को गोल रिचालिर्सनले गरे ।

रिचालिर्सनले ६५औं मिनेटमा नेमारको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेमारले इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमा गोल गरे ।

छनोटमा लगातार पाँचौ जित हात पारेको ब्राजिल १५ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंकसहित अर्जेन्टिना दोस्रो स्थानमा छ भने ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार