गृहपृष्ठ अर्थ/वाणिज्य अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो

प्रकाशित मिति:

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन ९अन्तराष्ट्रियतर्फ०को मूल्य कटौती गरेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको एयरलाइन्सको गुनासोपछि निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी २० प्रतिशत कटौती गर्ने गरेको हो ।

मूल्य घटेसँगै अब अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गरेको हो ।

निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

सम्बन्धित् समाचार