गृहपृष्ठ खबर टिकटकमा चरित्र हत्या गर्ने भिडियो हाले साइबर मुद्दा, १ लाख जरिवानादेखि ५ वर्ष कैदसम्म

टिकटकमा चरित्र हत्या गर्ने भिडियो हाले साइबर मुद्दा, १ लाख जरिवानादेखि ५ वर्ष कैदसम्म

प्रकाशित मिति:

काठमाडौं ; अहिले भिडियो शेयरिङ ऐप टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर बनाइएका अश्लील र अमर्यादित भिडियो छ्याप्छ्याप्ती पाइन्छ। नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता भिडियो शेयर गर्नेलाई बोलाएर पहिलोपटकका लागि सचेत गराउने काम गर्दै आएको छ। साथै साइबर अपराधबारे सचेतना पनि गराउँदै आएको छ।

जानेर वा नजानेर रमाइलोका लागि त्यस्ता भिडियो शेयर भइरहेका बेला प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले सोमवार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा अश्लील, अमर्यादित र चरित्र हत्या गर्ने खालका भिडियो शेयर नगर्न आग्रह गरेको छ। शेयर गरेमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने चेतावनी पनि दिएको छ।

ऐनमा त्यस्तो गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था गरिएको छ।

ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्नरनगराउन हुन सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब लगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण नगर्न अनुरोध गरेको हो।

त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत ब्यूरोले जनाएको छ।

सम्बन्धित् समाचार