गृहपृष्ठ खबर एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल सुरू

एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल सुरू

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरूबीच छलफल सुरू भएको छ। ललितपुरस्थित एक होटलमा उनीहरूबीच छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदिप ज्ञवाली सहभागी छन्।

वरिष्ठ नेता माधव नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन्। पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले आइतबार ६ बुँदे प्रस्ताव राखेका थिए।

नेपाल पक्षले भने ओलीको प्रस्तावलाई स्विकार्न नसक्ने जवाफ दिएका थिए। ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको नेपाल पक्षको ठहर छ।

सम्बन्धित् समाचार