गृहपृष्ठ अर्थ/वाणिज्य वाणगंगामा बजेट तयारी सम्बन्धमा राय सुझाव संकलनका लागी छलफल तथा अन्तरक्रिया

वाणगंगामा बजेट तयारी सम्बन्धमा राय सुझाव संकलनका लागी छलफल तथा अन्तरक्रिया

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको वाणगंगा नगरपालिकाको बार्षिक निति तथा कार्यक्रम र बजेट तयारी सम्बन्धमा राय सुझाव सम्बन्धी राय सुझाव संकलनको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आर्थिक बर्ष २०७८÷७९ का लागि प्रस्तुत हुने निति कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, प्र
तिनिधि सभा सदस्य अतहर कमाल मुसलवान, संविधान सभा सदस्य वलराम अधिकारी, यस क्षेत्रका राजनितिक दल, कपिलवसतु उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिती रहेको थियो । समृद्ध वाणगंगाको मुल आधार, कृषि, पर्यटन, वातावरण, पुर्वाधार र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउन सहभागीले सुझाव दिएका छन् ।

प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वाणगंगाको विकासका लागि आफुले पहल गरिरहेको बताउदै सधै राजनितिक दलहरुसंग छलफल गर्न आवश्यक रहेको बताईन् । प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलवान, संविधान सभा सदस्य वलराम अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेपाली कांग्रेसका प्रतिनिधि रवि बहादुर काफ्ले, नेकपा माओवादी केन्द्रका जिल्ला प्रतिनिधि टेकेन्द्र क्षेत्री, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतले सुझाव दिएका थिए ।

यस्तै आगामि निति तथा कार्यक्रममा कोरोनाका कारण थलिएका सञ्चार गृहहरुलाई उकास्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने पत्रकारहरुले सुझाव दिएका थिए । सहभागिको जिज्ञासको जवाफ मेयर मंगल प्रसाद थारु र उमपमेयर चक्रपाणि अर्यालले दिएका थिए ।

सम्बन्धित् समाचार