गृहपृष्ठ खबर ‘यो शिर झुकेको छैन’ गीत सार्वजनिक

‘यो शिर झुकेको छैन’ गीत सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : संगीतकर्मी हरि लम्सालको स्वर तथा ‘यो शिर झुकेको छैन’ बोलको गीत सार्वजनिक भएको छ। कपिल अन्जानले लेखेको गीत भिडियोसहित १२ नोट्सको युट्युबमार्फत् रिलिज गरिएको हो।

गीतको भिडियोले पौरोखी र स्वाभिमानी देशभक्त युवाको कथा भन्छ जसमा कलाकारहरू शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन्। भिडियोलाई शक्ति पाख्रिनले निर्देशन गरेका हुन्।

मिलन तामाङले खिचेको भिडियो अन्जल शर्मा र शक्ति पाख्रिन स्वयं सम्पादन गरेका हुन्।

सम्बन्धित् समाचार