गृहपृष्ठ Featured बाणगंगामा बजेट विकास बढि देखाउन मनपरि, स्थानिय भन्छन भनेर लागेन

बाणगंगामा बजेट विकास बढि देखाउन मनपरि, स्थानिय भन्छन भनेर लागेन

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यालय जाने बाटो ६ दिनमै कालोपत्रे भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को बजेट ल्याउने समय नजिकिदैं गर्दै सो कालोपत्रे गर्ने काम सम्पन्न गरेको हो । कतिपयले भने बाणगंगा नगरपालिकाले विकास बजेटको खर्च प्रतिशत धेरै देखाउन एकाएक बाटो यस्तो गरेको बताएका छन् । नगरपालिकाको बजेट विकास बढि देखाउनका लागी नगरपालिकाले बिच बाटोमा रहेको बिद्युत पोलमाथिनै बिच गरेपछि स्थानियहरु चिन्तित छन । “ बजेट विकास बढि देखाउन मनपरि हुदैछ, भनेर के गर्नु कसैले सुन्दैन, बाटो बन्यो भनेर के गर्ने बिचमा पोल छ, सडक दुर्घटना बढने भयो ” स्थानिय बताउछन ।

यसैबिच

नगरपालिका जाने अर्को मुख्य बाटो हिलो धुलो हुदा सर्वसाधारण मर्कामा परेका छन । बर्षौदेखि सडक पक्की बनाउन आग्रह गरेपनि जनप्रतिनिधिले एक कानले सुनेर अर्को कानले उडाउने गरेको स्थानिय बताउछन । भन्दा भन्दा हैरान भैयौँ त्यसैले भन्न पनि छाड्यौ स्थानिय बताउछन । दिनै नमिल्ने कर्मचारीलाई  दोहोरो सुविधा दिनु भन्दा कम्से कम् बाटो ग्राभेलसम्म गरि दिए कति राम्रो हुन्थ्यो स्थानिय बिकास क्षेत्री भन्छन ।

सडकको अवस्था तस्बीरमा यस्तो छ

 

सम्बन्धित् समाचार