गृहपृष्ठ Featured स्याङ्जाको भिरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ घाइते

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ घाइते

स्याङ्जाको भीरकोट नगरपालिका– ४, दभुङठाँटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी छ जना घाइते भएका छन् ।

बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ४९४० नम्बरको जिप आज बिहान सवा १० बजे भिरकोट– ४ दभुङठाँटीमा दुर्घटना हुँदा जिपमा सवार भिरकोट– ३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

घाइते अवस्थामा उद्धार गरेर भिरकोट नगर अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

ग्रामीण कच्ची बाटोबाट जिप झण्डै ५ मिटर तल खस्दा जीपमा सवार भिरकोट– ३ का मनु भन्ने विकास थापा (जीप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६  वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् ।

सम्बन्धित् समाचार