गृहपृष्ठ Featured आज धेरै स्थानमा पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

आज धेरै स्थानमा पानी पर्ने, केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्न सक्ने जनाएको छ । त्यस्तै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले गण्डकी, लुम्बीनी, प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार