गृहपृष्ठ खबर कोपा अमेरिकामा समूह ‘ए’बाट क्वार्टरफाइनल पुग्ने चारै टिमको टुंगो

कोपा अमेरिकामा समूह ‘ए’बाट क्वार्टरफाइनल पुग्ने चारै टिमको टुंगो

काठमाडौं : कोपा अमेरिकाअन्तर्गत समूह ुएु बाट क्वार्टरफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ। शुक्रबार विहान उरुग्वे र पाराग्वेले जित हात पारेसँगै अन्तिम आठमा पुग्ने चार टिमको टुंगो लागेको हो।

समूह ‘ए’ बाट अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वेले अन्तिम आठमा स्थान पक्का गरेका हुन्। बोलिभिया भने बाहिरियो।

उरुग्वेले अन्तिम खेलअघि अन्तिम आठमा स्थान पक्का गर्ने क्रममा शुक्रबार विहान बोलिभियालाई २-० गोलले पराजित गर्‍यो।

बोलिभियाका क्विनटेरोसले १४ मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले अग्रता लिएको थियो। काभानीले ७९ मिनेटमा उरुग्वेको अग्रता दोब्बर पारे।

यता पाराग्वेले चिलीलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। पाराग्वेका लागि सामुडियोले ३३ र अलमिरोनले ५८ मिनेटमा पेनाल्टीबाट गोल गरे।

अंक तालिकामा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको पाराग्वेको पनि समान खेलबाट ६ अंक छ।

तेस्रो स्थानको चिलीले ४ खेलबाट ५ अंक जोड्दा चौथो स्थानको उरुग्वेले ३ खेलबाट ४ अंक जोडेको छ। तीनै खेलमा पराजित भएको बोलिभियाले अंक जोड्न सकेको छैन।

सम्बन्धित् समाचार