गृहपृष्ठ विविध यस कारण शाहरुख खान र अक्षय कुमार सँगै काम गर्दैनन्

यस कारण शाहरुख खान र अक्षय कुमार सँगै काम गर्दैनन्

बलिउडमा लामो समय काम गरिसकेको भए पनि शाहरूख खान र अक्षय कुमारले सँगै अभिनय गरेको फिल्म निकै कम छ। उनीहरू एकअर्काको फिल्मका केही सिनमा मात्र देखा परेका छन्।

सन् २००७ मा रिलिज भएको फिल्मको ‘हे बेबी’ गीतमा अक्षय र शाहरूख केही क्षणको लागि एउटै स्क्रिनमा देखिएका थिए। सो फिल्म अक्षय कुमारको मुख्य अभिनयमा बनेको थियो। यसैगरी त्यही वर्ष रिलिज भएको शाहरूखको हिट फिल्म ‘ओम शान्ति ओम’को ‘दिवांगी’ गीतमा पनि अक्षय उपस्थित थिए।

यसबाहेक सन् १९९७ मा रिलिज भएको फिल्म ‘दिल तो पागल हे’ फिल्ममा शाहरूख र अक्षयको अभिनय थियो। तर यी दुई सँगै भएको सिनहरू निकै थोरै थियो।

अक्षय र शाहरूखलाई एउटै स्क्रिनमा नदेखेनुको कारण यी दुई अभिनेता सँगै काम गर्दैनन्। यस पछाडिको वास्तविकता धेरैलाई थाहा छैन।

केही वर्ष अगाडि एक अन्तर्वाताको क्रममा शाहरूखलाई उनले र अक्षय कुमारले सँगै फिल्म नखेल्नुको कारण सोधिएको थियो। जसको जवाफमा उनले अक्षयसँग कहिल्यै काम गर्न नसक्ने बताएका थिए।

 

शाहरूखले भनेका थिए, ‘म अक्षय कुमार जसरी बिहान चाडैँ उठ्न सक्दिँन। उनी उठ्ने बेला मेरो सुत्ने बेला भइरहेको हुन्छ। मैले काम सुरू गर्दा अक्षय आफ्नो काम सकाएर घर जाने तयारीमा हुन्छन्।’

अक्षयको सबेरै उठेर काम गर्ने बानी भएको र आफू ढिलोसम्म सुतेर बेलुकातिर सुटिङमा आउने भएकाले सँगै काम गर्ने मौका नपाएको शाहरूखको भनाइ छ।

‘मलाई अक्षयसँग काम गर्ने इच्छा छ तर हाम्रो काम गर्ने समय कहिल्यै मिल्दैन,’ खानले भने, ‘उनी सेट छोडेर गइरहेको बेला म सेटमा आइरहेको हुन्छु। सुटिङ सेटमा हाम्रो भेट कहिल्यै हुँदैन।’

सम्बन्धित् समाचार