गृहपृष्ठ कृषि लिची बिक्री नहुँदा किसान आम्दानी गुमाउँदै

लिची बिक्री नहुँदा किसान आम्दानी गुमाउँदै

तेह्रथुम : कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफुल बोटमै नष्ट हुन थालेका छन्। किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफुल खेती रोज्दै आएका किसानलाई कोरोना भाइरसको मार पर्दै आएका छन ।

गाउँका किसानले निषेधाज्ञाका कारण बजारसम्म बिक्रीका लागी पुर्याउने अबस्था छैन । केहीबर्ष अघीसम्म घरमै आएर ब्यापारी खरिद गर्ने गरेका थिए तर अहिले त्यो अबस्था छैन ।

हाटबजार लाग्दैन ब्यापारीको के कुरा ग्राहक सम्म आउँदैनन् बगैचाहरुमा । गाउँका मानिसलाई फाट्टफुट बिक्री गर्नु बाहेक अरु कुनै विकल्प नै छैन किसानलाई ।

केही बर्ष अघिसम्म राम्रो आम्दानी लिँदै आएका यहाँका किसानहरु कोरोना महामारीका कारण उत्पादन भएर पनी आम्दानी लिन नपाएको किसानहरुको गुनासो छ ।

सम्बन्धित् समाचार