गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तु नगरपालिकाको बजेट ८२ करोड ७३ लाख

कपिलवस्तु नगरपालिकाको बजेट ८२ करोड ७३ लाख

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ८२ करोड ७३ लाख १५ हजार बजेट बिनियोजित गरिएको छ । नगर पालिकालको नऔ नगर सभाले सो बजेट बिनियेजित गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको बजेट सभाले पारित गरेको छ ।

आर्थिक बिकासमा ४ करोड २८ लाख कृषिमा १ करोड ८६ लाख, उद्योगमा ३० लाख बजेट बिनियोजन गरिएको छ । यस्तै सामाजिक विकासमा ४३ करोड ९६ लाख, स्वास्थयमा ३४ करोड १८ लाख, शिक्षमा २७ करोड ९३ लाख, पुर्वाधार विकासमा १९ करोड ५७ लाख बजेट बिनियोजन गरिएको छ । बजेटमा नगरपालिको आन्तरिक श्रोत, नेपाल सरकार अनुदान, प्रदेश सरकार अनुदन तथा शशर्त अनुदानबाट श्रोत जुटाईएको छ ।

सो अवसरमा मेयर सिंहले नगरको समग्र विकासकालागि आफनो कार्यकालको चौथो बर्षमा ल्याएको बजेट महत्वुपुर्णरहेको बताए । उनले आगमी आर्थिक बर्ष भित्र नगर क्षेत्रमा ‘ चेली ल्याउ, चेली बचाऔ अभियान चलाईने बताए । उनले सो अभियान अन्र्गत नगर क्षेत्रका कक्षा नौ देखि १२ मा पढेर कक्षा प्रथम, द्धितीय र तृतीय हुने छात्राको सबै पढाई खर्च नगरपालिकाले तिर्ने बताए । यस्तै फुसको छानोमुक्त अभियान समेत चालु जारी रहने उनले बताए । आगामी आर्थिक बर्ष वडा नम्बर ७ देखि १२ वडा नम्बरमा रहेका फुसको घरमुक्त अभियान अन्र्गत निःशुल्क ककर्टपाता बितरण गरिने बताए । सो अभियान पछि गोठकालागि समेत टीन दिईने बताए ।

सभाले आर्थिक बिधेयक, बिनियोजन बिधेयक, स्थानीय तहको कर्मचारी ब्यवस्थापन बिधेयक र भवन तथा सडक मापदन्ड बिधेयक समेत पास गरेको थियो । सो अवसरमा वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेल, वडा नम्बर ९का अध्यक्ष शिव बहादुर वाग्लले बजेटलाई समानुपाति र पारदर्शीरुपमा ल्याउनु पर्ने जोडदार आवाज उठाएका थिए । पौडेलले नगरपालिका र वडामा बिनियोजित बजेटलाई पारदर्शीरुपमा बाहिर ल्यायनु पर्ने बताए । सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले आगामी आर्थिक बर्षको बजेटले नगरको पुर्वाधार र सामाजि विकासमा योगदान दिने बताए ।

सो अवसरमा २ जना संचारकर्मी, ४ जना जना प्रतिििनधि, ४ जना कर्मचारीलाई सम्मानित गरिएको थियो ।

सम्बन्धित् समाचार