गृहपृष्ठ खबर एमालेको महाधिवेशन आयोजक कमिटी खारेज

एमालेको महाधिवेशन आयोजक कमिटी खारेज

काठमाडौं : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाएपछि बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई खारेज गरेको हो ।

कमिटी खारेज भएसँगै माधवकुमार नेपाल पक्षलाई गरिएका सम्पूर्ण कारबाही पनि खारेज भएको छ । बैठकले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार १८ गते बिहान ११ गते बस्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार