गृहपृष्ठ खबर पूर्वी अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा १० तालिबानी लडाकू मारिए

पूर्वी अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा १० तालिबानी लडाकू मारिए

काबुल : पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मंगलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।

सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो । सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो ।

छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिबान लडाकूहरुलाई शिनबार जिल्लाबाट मङ्गलबार भगाएको पनि सेनाले जनाएको छ ।

परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिबान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । – रासस

सम्बन्धित् समाचार