कपिलवस्तु, असार १९ । बाणगंगाका युवाहरुद्वारा आर्थिक अभावका कारण उपचार गरेको खर्च तिर्न नसकेर हस्पिटलमा छटपट्टिएका बाणगंगा नगरपालिका–९ का नरबहादु कुमाललाई निःशुल्क उपचार गराएर घर ल्याएका छन् । उपचार गरेको खर्च बुझाउन नसकेको खबर फेसबुकबाट थाहा पाएपछि बाणगंगाका युवाहरुले बुटवलस्थित चौराहा हस्पिटलमा कुरा गरेर उनको उपचार खर्च सम्पूर्ण निःशुल्क गराई घर ल्याएका हुन् ।
उपचारपछि घर फर्किन आर्थिक अभावका कारण नसकेको भन्दै सहयोगका लागि सामाजिक संजालमा खबर फैलिएपछी स्थानियसँग बुझ्दा अवस्था नाजुक रहेको थाहापाए लगत्तै बाणगंगाका युवाहरुले उपचार भएको चौराहा हस्पिटलमा कुरा गरेर उनको उपचार खर्च सम्पूर्ण निःशुल्क गराई घर ल्याईएको युवा चन्द्रकान्त पोखरेलले जानकारी दिए । ‘जहाँ कसैको कोहि हुदैन त्यहा हामी युवाहरु छौँ’ पोखरेलले भने ।

सो कार्यका लागि बिशेष भुमिका निर्वाह गर्ने चौराहा हस्पिटलका मदन ज्ञवाली, सुधन ज्ञवाली, जनक केसी, अस्पताल परिवार साथै भलवाड बासी दिपक थापा, नारायण खनाल र त्यहाबाट सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु त्यसैगरी सामुदायिक बन लगायत सम्पुर्णलाई युवाहरुले आभार व्यक्त गरेका छन् । युवाहरु शक्ति सिंह ठकुरी, तिलक थापा, दिनेश क्षेत्री, सुशील सिंह ठकुरी लगायतले बिरामिको आर्थिक अवस्थाका बारेमा सबै कुरागरि अस्पतालबाट घर ल्याएका हुन् ।
बिरामीलाई सहयोग गर्न उठेको रकम युवाहरुले पुन भलवाड बासिलाई नै हस्तान्तरण गर्दै उक्त रकम सोही चौराहा हस्पिटलको अति बिपन्न कोषको खातामा जम्मा गरिने युवा शक्ति सिंह ठकुरीले जानकारी दिए ।








