गृहपृष्ठ खबर जर्मनीले हटायो नेपाली नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध

जर्मनीले हटायो नेपाली नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध

काठमाडौं : जर्मनीले नेपालसहितका देशहरुबाट हुने यात्रामा लगाएको प्रतिबन्धलाई हटाएको छ। अब जर्मन यात्रा गर्नेहरुले त्यहाँ पुगेपछि क्वारेन्टाइनमा बस्नुपर्ने छ। जर्मनीको जनस्वास्थ्य एजेन्सी रोवर्ट कोच इन्स्टिच्युटको सिफारिसमा नेपालसहित बेलायत, पोर्चुगल, रसिया र भारतबाट यात्रा गर्ने यात्रुहरु माथि लगाइएको प्रतिबन्धलाई सोमवार सूचना प्रकाशित गर्दै खुकुलो पारेको डीडब्लु न्यूले जनाएको छ।

यो परिवर्तनसँगै यी देशबाट हुने यात्रामा सहजता आउने बताइएको छ। अब यी देशबाट दुवै डोज खोप लगाएका अथवा कोभिड(१९ को संक्रमणबाट मुक्त भएको प्रमाण पेश गर्नुपर्नेछ। उनीहरु त्यहाँ पुगेपछि आइसोलेसनमा बस्न पर्ने छैन। त्यस्तै खोप नलगाएकाहरुलाई १० दिन सम्म क्वारेन्टाइनमा आइसोलेट गर्नुपर्नेछ। यदी १० दिन अगावै क्वारेन्टाइनबाट निस्किनका पाँचौ दिनमा कोभिड(१९ परीक्षण गरी नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्नेछ।

यो वर्गीकरणमा परेका देशहरुलाई यसअघि १४ दिन सम्म क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान थियो। खोप लगाएका, नेगेटिभ भएका र संक्रमण मुक्त भएकाहरुलाई पनि यो नियम लागु थियो। यी देशहरुबाट जर्मन नागरिक र जर्मनका बासिन्दाहरु मात्रलाई प्रवेश दिइएको थियो। उनीहरुलाई त्यहाँ प्रवेशसँग कडा निगरानीमा राखिँदै आएको थियो।

यो प्रावधान गत शुक्रवार बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र जर्मन चान्सलर एन्जेला मर्केलबीचको वार्ता पछि भएको हो।

जर्मन अधिकारीहरु बेलायतमा हाल तिब्र रुपमा फैलिएको डेल्टाको संक्रमण फैलिनेमा चिन्तित छन्। यो भेरियन्ट सुरुमा भारतमा देखिएको थियो। नेपालमा पनि यही भेरियन्ट फैलिरहेको छ।

अझै पनि केही देशमाथि लगाइएको प्रतिबन्ध भने कायमै रहेको छ। बोस्टोना, ब्राजिल, मालावी, मोजाम्बिक, नामिविया, जाम्बिया, जिम्वावे, दक्षिण अफ्रिका र उरुग्गेका नागरिक माथि लगाइएको यात्रा प्रतिबन्ध भने कायम रहेको छ।

सम्बन्धित् समाचार