गृहपृष्ठ ज्योतिष /वास्तु मंगलबार तपाईंको राशिफल कस्तो छ ?

मंगलबार तपाईंको राशिफल कस्तो छ ?

प्रकाशित मिति:

विसं २०७८ साल असार २९ गते । मङ्गलबार । इस्वी सन् २०२१ जुलाई १३  तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– तृतीया, बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मघा,  रातको ०३ बजेर ०७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– सिद्धि,  दिउँसो ०३ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण– गर, बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ५२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काल योग । चन्द्रराशि– सिंह ।

काठमाडौँमा सूर्याेदय बिहान ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १७ पला । भानु जयन्ती ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विगतका गल्ती तथा कमिकमजोरी सच्याउँदै काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरु वर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । छातीसम्बन्धी सामान्य समस्या आउन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अवरोधको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णय तपाईंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ, ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्न केहि समय पर्ख र हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ  ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) आफ्ना समस्या परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्य धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । मायाप्रेममा विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) काम गर्दा विशेष सावधानी अपनाउनुहोला,  समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । कर्म प्राप्तिको लागि विदेशमा हुनुहुन्छ भने सफल लाभदायी रहनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
घरपरिवारमा आत्मीयताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
ध्यान अन्यत्रै मोडिँदा पढाइलेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सुरु गरिएका सामाजिक काम समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरु थाँती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । मायाप्रेममा तीक्ता आउने तथा दाम्पत्य जीवनमा एकअर्कालाई शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्राेसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला, काम बिग्रन सक्छ । तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस, जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइलेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एकअर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला । तर पनि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

सम्बन्धित् समाचार