गृहपृष्ठ खबर कपिलवस्तुको बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्षद्धारा अवैध रुपमा सयौँ टाली ढुङगा डम्पीङ

कपिलवस्तुको बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्षद्धारा अवैध रुपमा सयौँ टाली ढुङगा डम्पीङ

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ९ मा रहेको बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्ष शसि अधिकारीले सामुदायिक बन क्षेत्रभित्र अवैध रुपमा सयौँ टाली ढुङगा डम्पीङ गरेको खुल्न आएको छ । उनले सामुदायिक बनभित्र करिव ५ सय टेक्टर टाली ढुङगा डम्पीङ्ख गरेको पाइको छ । करिव १५ लाख बढिको ढुङगा उनले डम्पीङ गरेका छन । उनले बर्षौदेखि यसरीनै राजश्व नतिरि अवैध काम गर्दै आएका छन ।
सामुदायिक बनमा ७० लाख बढि हिनामिनामा समेत संलग्न रहेका अधिकारीले रातको समयमा नदीजन्य पदार्थको चोरी गरी बनभित्र डम्पी गर्ने गरेको स्थानिय युवाहरु बताउछन । यस बिषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख चक्रपाणि पाण्डेले यस बिषयमा आवश्यक कारबाहीका लागी बुद्धभुमी नगरपालिकालाई निर्देशन दिइएको बताए ।

सम्बन्धित् समाचार