गृहपृष्ठ खबर पार्टी र गठबन्धनको समस्याले राष्ट्रको समय बर्बाद गर्न पाइँदैन- ओली

पार्टी र गठबन्धनको समस्याले राष्ट्रको समय बर्बाद गर्न पाइँदैन- ओली

प्रकाशित मिति:

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अदालतको परमादेशबाट बन्दै गरेको सरकार भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसेकेकाले अहिलेको सरकार बन्दै गरेको सरकार भएको बताएका हुन् ।

‘हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ । के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौजको पुलिन्दा हो,’ओलीले भने, ‘असंवैधानिक र अपवित्र नन्दी–भृंगी जालीझेलीहरुको गठबन्धन हो । भ्रष्टाचारीलाई कारबाही गर्ने रे । क्यान्टोनमेन्टको भ्रष्टाचार विगतको लुट निजी सम्पत्ति कब्जा गरेको छानबिन हुन्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भए रु संलग्न गठबन्धनका नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ रु ? झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने योजना अहिलेको सरकारको रहेको उनले आरोप लगाए ।

 

सम्बन्धित् समाचार