गृहपृष्ठ खबर क्यानेडेली एक नागरिकलाई चीनमा फाँसीको फैसला

क्यानेडेली एक नागरिकलाई चीनमा फाँसीको फैसला

प्रकाशित मिति:

एजेन्सी : चीनको एक अदालतले लागुऔषध तस्करीमा संलग्न एक क्यानेडेली नागरीकलाई फाँसीको फैसला सुनाएको छ । क्यानडाका नागरीक रोबर्ट लोयड स्केलेनबर्गले मृत्युदण्डविरुद्ध गरेको अपिल अदालतले खारेज गर्दै सजाय सुनाएको हो ।

अदालतमा उपलब्ध प्रमाणहरु रोबर्टविरुद्ध पर्याप्त सबुत रहेको अदालतले जनाएको छ । रोबर्टलाई यसअघि १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर सन् २०१९ मा अदालतले सजाय केही उदार भएको भन्दै पुनः दोस्रो पटक मुद्दा चलाएको र सो मुद्दाको सुनुवाइ गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसिले जनाएको छ ।

चीन र क्यानडाबीचको सम्बद्ध तनावपूर्ण रहेको समयमा यो फैसलाले झन तरङग ल्याएको छ । रोबर्टलाई सन् २०१४ मा चीनबाट भारी मात्रामा अस्ट्रेलियामा लागुऔषध लैजान लागेको आरोपमा हिरासतमा लिइएको थियो ।

सम्बन्धित् समाचार