गृहपृष्ठ खबर पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै आपत्ति

पौडेल पक्षले सभापतिविरुद्ध गलत प्रचार गरेको भन्दै आपत्ति

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा। प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाउनुभयो ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सह–महामन्त्री महतले पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएकोमा आक्रोश पोख्नुभयो ।

सह–महामन्त्री महतले पूरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी वैधानिक हुन्छ रु भनि प्रश्न पनि गर्नुभयो । पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रीय कार्य समिति चयन गरौँ भन्ने पौडेल पक्षको प्रस्ताव आफैंमा वैधानिक नहुने उहाँको तर्क थियो ।

सम्बन्धित् समाचार