गृहपृष्ठ कला/साहित्य ‘गाईजात्रा’मा आउँदै बोरिस जोन्सन र भ्लादमिर पुटिन

‘गाईजात्रा’मा आउँदै बोरिस जोन्सन र भ्लादमिर पुटिन

प्रकाशित मिति:

काठमाडौं : कोरोना भाइरसका कारण यसवर्षको गाईजात्रा कार्यक्रम पनि डिजिटल रुपमा नै संचालन हुने भएको छ।

गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकारहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्थे। तर कोरोना संक्रमणका कारण गतवर्षदेखि भौतिक उपस्थितिमा कार्यक्रमहरु हुन नपाएसँगै ुडिजिटलु रुपमा शोहरु प्रशारण हुन सुरु भएको हो।

यो वर्ष मनोज गजुरेलको टिमले ‘७८ सालको गाईजात्रा’ प्रदर्शन गर्दैछन्। भदौँ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रम गजुरियल युट्युव च्यानलमा समेत प्रसारण हुनेछ।

यो पटकको गाईजात्रामा पनि मनोज गजुरेल विभिन्न अवतारमा देखिने भएका छन्। उनले यसपटक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निभाउनेछन्।

यसपटकको कार्यक्रममा विदेशी नेताहरु र नेपाली नेताहरुको चरित्र निभाउँदै नेपाल र विदेशका देशहरुबिच तुलना गरिने गजुरेल बताउँछन्।

गजुरेलले देउवा र बेलायती प्रधानमन्त्री जोन्सनबिच हुने संवादलाई ‘भिडियो कल’मार्फत कार्यक्रममा प्रस्तुत गर्नेछन्। साथै रसियन राष्ट्रपति पुटिन र पत्रकारबिच ‘धमलाको जुमला’ शीर्षकमा कार्यक्रम प्रशारण हुँदैछ।

सम्बन्धित् समाचार