गृहपृष्ठ खबर भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि

भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि

प्रकाशित मिति:

पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलबाट दुवै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् ।

शार्दूको स्थानमा भारतीय स्पिनर रविचन्द्रन आश्विनले खेल्ने सम्भावना छ । ब्रोडको स्थानमा मार्कवुड खेल्ने सम्भावना देखिन्छ । इंग्ल्यान्डका अर्का प्रमुख बलर जेम्श एन्डरसन पनि चोटका कारण अनिश्चित बनेको छ । पहिलो खेलमा शून्य र १८ रनमा आउट भएका ओपनर रोरी बन्र्सको स्थानमा हसिब हमिदलाई मौका दिन सक्छ ।

भारतविरुद्ध अभ्यास खेलमा हसिबले शतकीय इनिङ खेलेका थिए । ज्याक क्रलीबाट ठूलो इनिङ चाहन्छ । कप्तान जो रुट मुख्य हतियार हुन् । पहिलो टेस्टको दोस्रो इनिङमा उत्कृष्ट शतकका साथ बराबरीतर्फ टोलीलाई अगाडि बढाएका थिए ।

सम्बन्धित् समाचार