एजेन्सी : चीनको हुवेइ प्रान्तमा भारी वर्षाका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । छिमेकी प्रान्तमा सयौँको मृत्यु हुने गरी बाढी आएको एक सातापछि शुक्रबार अर्को प्राकृतिक विपद आएको हो ।
चीनमा पछिल्ला महिनाहरुमा अत्याधीक वर्षाले गर्दा ठूला बाढी पहिरो जाने गरेका छन् । मौसमविदहरुले जलवायु परिवर्तनको असरका कारण यस्तो भएको प्रतिक्रिया दिएका छन् ।
हुबेइका विभिन्न स्थानमा अत्याधीक वर्षाका कारण बाढी पहिरो जाँदा सयौँ घर भत्किएका छन् । ६ हजार जति स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । प्रान्तको विपद् व्यवस्थापन विभागका अनुसार यसको असर अझै बढ्न सक्ने आंकलन गरिएको छ ।