काठमाडौंं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यायल पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सम्भावना नरहेको बताएका हुन् ।
शनिबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकको तयारीस्वरूप बसेको स्थायी कमिटी बैठकमा नेताहरूले उक्त विषय उठाएपछि प्रचण्डले विभिन्न पार्टीभित्र आन्तरिक समस्या रहेको र मुख्य गरी नेकपा एमालेको माधव नेपाल समूहलाई पर्खिरहेका कारण मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न नसकेको बताएका थिए ।