गिनिज बुक अफ वर्ल्ड रेकर्डस् भन्ने बित्तिकै एक अनौठो खालका अनि उत्कृष्ट बिषयको रेकर्डस् भनेर बुझिन्छ । सो रेकर्डस्मा कुनै एक बिषय, ब्यक्ति, लगाएतका धेरै बिषयबस्तुहरुका बारेमा विश्वमा नै उत्कृष्ट भए पश्चात प्रमाणित गरेर प्रमाणपत्र समेत दिने गरेका छन् ।
पछिल्लो समय सो रेकर्डस्मा एक आँपले आफ्नो नाम दर्ता गराएका छन् । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा संसारकै सबैभन्दा ठूलो आँपको फलेको रेकर्ड बनाएका छन् । त्यहाँका गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले संसारकै सबैभन्दा ठूलो ४ किलो २५० ग्राम रहेको आँप फलाएका छन् ।
गिनिज बुकका अधिकारीहरुले आधिकारिक रुपमा उक्त आँपको फललाई सबैभन्दा ठूलो आँपको फलको रुपमा प्रमाणित गरेको छ । साथै सो आपलाई काटेर त्यहाँ उपस्थित अधिकारीहरु लगाएत सबै जनालाई खान दिएका थिए । यसअघि सन् २००९ मा फिलिपिन्सका एक किसानले ३ किलो ४३५ ग्रामको आँपको फल फलाएका थिए । जुन सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाममा रहेको थियो ।