गृहपृष्ठ खबर ओलम्पियनको गोल्ड मेडल मेयरले टोकेर गरिदिए क्षति

ओलम्पियनको गोल्ड मेडल मेयरले टोकेर गरिदिए क्षति

खास गरी ओलम्पिकमा खेलाडीले मेडल टोकेको दृश्य सामान्य हो। तर, जापानका एक जना मेयरले अनुमतिबिनै मेडल टोकिदिएर मेडल क्षति पुर्‍याएपछि विवादमा तानिएका छन्।

नागोयाका मेयर टाकाशी कावामुराले अघिल्लो हप्ता सफ्टबलकी खेलाडी मिउ गोटोको गोल्ड मेडल टोकेपछि आलोचना बेहोरेका छन्। लाइभ ब्रोडकास्टिङका क्रममा उनको व्यवहारका कारण अपमानजनक र कोभिड १९ को महामारीबिच जोखिम हुने भन्दै आलोचना बेहोरिरहेका हुन्।

नगोया सिटीका एक जना अधिकारीले सिएनएनलाई बताए अनुसार उनको व्यवहारलाई लिएर ८ हजार भन्दा बढी कम्प्लेनहरु आएका छन् जसमा उनलाई राजीनामा दिनसम्म पनि भनिएको छ।

टोकियो ओलम्पिक २०२० को आयोजकले एक विज्ञप्ति निकाल्दै उनको मेडल प्रतिस्थापन गरिदिने बताएका छन्।

कावामुराले पनि ‘खेलाडीको सम्पत्ति बिगारेको’ मा माफी मागेका छन्। र, उनले आफ्नै पैसा खर्च गरेर मेडल बनाइदिन अफर पनि गरेका छन्। उनले गोटो र सफ्टबल एसोसिएसनमा लिखित माफी पत्र पनि पठाएको बताएका छन्।

गोटोरहेको जापानी सफ्टबल टिमले फाइनलमा अमेरिकालाई २-० ले हराउँदै स्वर्ण पदक जितेको थियो।

सम्बन्धित् समाचार