काठमाडौँ : छिमेकी राष्ट्र भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् भारतीय समकक्षी नरेन्द्र मोदीलाई सम्बोधन गर्दै शुभकामना तथा बधाइ दिएका हुन् । उनले भारतीय प्रधानमन्त्री सहित त्यहाँका जनतालाई समेत निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
आइतबार दिउँसो १२ बजेर १४ मिनेटमा भारत सरकारले स्वतन्त्रता दिवस मनाइरहँदा देउवाले ट्वीटरमा शुभकामना सन्देश लेखेका थिए ।