गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगरमा १ सय २५ जना एमालेमा प्रवेश

कपिलवस्तुको विजयनगरमा १ सय २५ जना एमालेमा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेरी १ सय २५ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमवार गाउँपालिको वडा नं. १ मा आयोजित प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई पार्टी सदस्यता दिँर्दै सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ ।

विभिन्न पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्दै नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमालेमा लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

संगठन विकासको मूल आधार भएकोले देशको समृद्धिका लागि हरेक तहबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।

सम्बन्धित् समाचार